पहाडी जिल्लामा बजेट कम, प्रदेश सभामा उठ्यो छुट्टै प्रदेशको माग

dream cafe
learnar

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशको पहाडी जिल्लालाई कम प्राथमिकता दिएपछि कैलाली, कञ्चनपुरलाई अलग्याएर पहाडी सात जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने कुरा प्रदेश सदनमा उठेको छ।

बजेटमाथिको छलफलमा सहभागी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक अक्कलबहादुर रावलले सरकारले कैलाली, कञ्चनपुरमा मात्रै बजेट खन्याएको उल्लेख गर्दै पहाडी जिल्लाको विकासका लागि सात जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

GBL NEW

“अब हामीले बोल्नै पर्ने हुन्छ। कैलाली, कञ्चनपुरको विकासको लागि सरकारै एक हुने। मन्त्री भइसकेपछि आफ्नो क्षेत्रबाहेक अरूलाई नहेर्ने रु” रावलले अगाडि थपे,“के पहाडका जनतालाई विकास चाहिँदैन, बजेट चाहिँदैन रु”

बजेट सन्तुलन नभएको उल्लेख गर्दै उहाँले कैलाली र कञ्चनपुरको छुट्टै र पहाडको छुट्टै प्रदेश बनाउन आग्रह गरे। कैलाली, कञ्चनपुरको छुट्टै प्रदेश हुनु पर्ने थारुको पनि माग रहेको भन्दै रावलले भने,“पहाडको अब छुट्टै प्रदेश चाहिन्छ।”

Ddl dental
Leave A Reply

Your email address will not be published.