शैलेश्वरी क्षेत्र विकास समितिलाई र्‍याक हस्तान्तरण

dream cafe
learnar

सुबास नेपाली
डोटी : स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको डोटी शाखाले शैलेश्वरी क्षेत्र विकास समिति डोटीलाई फलामे र्‍याक हस्तान्तरण गरेको छ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत तीन वटा जुत्ता चप्पल राख्ने फलामका र्‍याक दिपायल सिलगढी नगरपालिका-६ का वडाध्यक्ष नरेश मलासीले शैलेश्वरीका पुजारी राजेश भट्टलाई हस्तान्तरण गरेका हुन।

GBL NEW

मन्दिर क्षेत्रको सरसफाइ र जुत्ता चप्पल राख्ने ठाउँ नहुँदा जताततै जुत्ता चप्पल राख्नाले मन्दिरको अशोभनीय हुने
भएका कारण संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त र्‍याक सहयोग गरेको शाखा प्रमुख राजन केसीले बताए।

हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रीय कार्यालयका प्रवन्धक उमेशकुमार भण्डारीले संस्थाले वित्तीय कारोबारका साथसाथै सामाजिक कार्यहरूमा पनि सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए।

सामाजिक कार्यहरुमा वडासँग सँगै सहकार्य गरि समाज विकासमा इट्टा थप्ने कार्य गरेको भन्दै अध्यक्ष मलासीले संस्थालाई धन्यवाद व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.