गन्यापधुरा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

dream cafe
learnar

डडेल्धुरा : गन्यापधुरा गाउँपालिका डडेल्धुराले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाइ गरेको छ।

आइतबार गाउँपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो।

GBL NEW

गाउँपालिकाले आ.व. २०८०/०८१ मा ३९ करोड ३० लाख ४६ हजार २६९ को बजेट ल्याएको थियो। जसमध्ये २९ करोड ९८ लाख ३६० रुपियाँ निकासा भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार तामाङले बताए।

प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार निकासा रकमको प्रतिशत ७६.२८ रहेको छ।

गाउँपालिकाले पुँजीगत तर्फ ६७.११ प्रतिशत खर्च र चालु तर्फ ६९.६४ प्रतिशत खर्च भएको गन्यापधुरा गाउँपालिकाको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै गाउँपालिकाले आव २०८०/८१ मा ७० लाख १६ हजार ९४९ रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

गाउँपालिकाका सबै शाखाको समिष्टगत वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं गाउँपालिकाको सेवाको विषयमा सवाल जवाफ भएको थियो।

सुनुवाइमा सडक स्तरोन्नती गर्नुपर्ने, कृषिक्षेत्रको लगानी बढाउनुपर्ने, खानेपानीको समस्या सामाधानमा ध्यान दिनुपर्ने, स्वास्थ्य सेवा लाई प्रभावकारी बनाउन जोड दिनुपर्ने, रोजगारका कार्यक्रमलाई बढवा दिनुपर्ने लगायतका प्रस्न तथा सुझावहरु प्राथमिकतामा रहेका थिए।

सुनुवाइ कार्यक्रममा बोल्दै गन्यापधुरा गाउँपालिका डडेल्धुरा ईन्द्रबहादुर कार्कीले पालिकाको समग्र विकासका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको त्रिपक्षीय समन्वय आवश्यक रहेको बताए।

सार्वजनिक सुनुवाइ जस्तो कार्यक्रममा उठेका सवालहरुले पालिकालाई थप पृष्ठपोषण भएकाले समृद्ध पालिका निर्माणका लागी आफूलगायतको नेतृत्वले काम गरिरहेको बताए।

पालिकाको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर वृद्धि, कृषिक्षेत्रमा नविनतम आयोजना निर्माण, स्वास्थ्य र सामाजिक विकासको क्षेत्रमा सकारात्मक सुधार ल्याउनेमा अध्यक्ष कार्कीले जोड दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानुकुमारी सेटी (देउवा) ले आफू अनुगमन समितिको संयोजक भएर पालिकाबाट विनियोजित रकमको सही सदुपयोग गर्नेमा लागेको बताइन्।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, जेष्ठ नागरिक, लगायत सामाजिक अगुवाको उपस्थिति रहेको थियो।

जिल्लाका सात पालिकाहरुमा गन्यापधुरा नियमित रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम संचालन गर्दै आइरहेको पालिका हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.