भोलि रातिदेखि भारी वर्षा, डडेल्धुरासहित सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

dream cafe
learnar

डडेल्धुरा : भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ।

महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ।

GBL NEW

त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

‘सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.