बन्दनाको उपचारका लागि बैजनाथ आविको आर्थिक सहयोग

dream cafe
learnar

डडेल्धुरा :  साइकल दुर्घटनामा परि घाइते भएकी डडेल्धुराको अमरगढी नगरपालिका-५ खलंगाकि १७ वर्षीया किशोरी बन्दना लिम्बूलाई अमरगढी नगरपालिका-४ हरडि, भलियामा रहेको  बैजनाथ आधारभुत विद्यालयले आर्थिक सहयोग गरेको छ।

हिजो (आइतबार ) विद्यालयले ५ हजार सात सय ९५ रुपैयाँ  बन्दनाकी आमा धनमाया लिम्बूको खातामा जम्मा गरिदिएको हो।

Ird

बन्दना महेन्द्र माध्यमिक विद्यालय खलंगामा कक्षा १० मा अध्ययनरत छिन्। साउन ३१ गते अमरगढी नगरपालिका– ५ तुफानडाँडामा उनी साइकल दुर्घटनामा परेकी थिइन।

टाउकोमा गम्भीर चोट लागेका उनकाे धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

दैनिक ज्यालादारी गरेर घर चलाइरहेका लिम्बू परिवारमा छोरी दुर्घटनामा परेर घाइते भएपछि आर्थिक समस्या देखा परेको छ।

उनको उपचारका लागि सबैलाई सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन्।

HARDIK AGRo NEw

उनलाई सहयोग गर्न चाहनेले निम्न बैंक खातामार्फत् रकम पठाउन सक्नेछन्।

KumariBank Ltd.

Ac no. 0280317582300001

Dhanmaya Limbu

Mobile no. 9848728582

QR Code-

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.