बोहरा मेडिको सेन्टर

धनगढीमा १२ वर्ष यताकै उच्च तापक्रम

dream cafe
learnar

डडेल्धुरा : धनगढीमा १२ वर्ष यताकै उच्च तापक्रम पुगेको छ।

बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस (डिसे) तापक्रम मापन भएको छ, जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो।

CNA

यो हालसम्मकै धेरै तापक्रम १६ जुन १९९५ मा ४६.४ डिग्री मापन भएको थियो।

GBL NEW

जुन देशभरिकै अहिलेसम्मको उच्च तापक्रम हो।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ।

तापक्रम पनि पश्चिम तराईमा नै उच्च छ। तर, पूर्वी र मध्यतराईमा तातो हावा नचले पनि गर्मी भने धेरै नै छ।

‘पश्चिम तराईको हावामा जलवाष्प छैन, त्यही भएर तातो हावा चलिरहेको हो। पूर्वीतराईमा चलिरहेको हावामा जलवाष्प (चिसो हावा) त छ, तर तातेको ठाउँमा थोरै पानी हाल्दा जस्तो तातो महसुस हुन्छ, त्यस्तै भइरहेको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.