बोहरा मेडिको सेन्टर

३० गते ओली नआउने भएपछि सारियो एमाले डडेल्धुराको अधिवेशन, अब कहिले ?

शाही र स्नेही दावेदार

dream cafe
learnar

डडेल्धुराः नेकपा एमाले डडेल्धुराको नवौं जिल्ला अधिवेशनको मिति सरेको छ। फागनु ३० गते हुने भनिएको अधिवेशन अब चैत्र ५ गते हुने भएको हो।

अधिवेशन परशुराम नगरपालिका– १२ स्थित परशुराम रङ्ग मैदानमा आयोजना गर्ने निर्णय जिल्ला कमिटीको बैठकले गरेको थियो।

CNA

उक्त कार्यक्रमको उद्घाटन गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो।

तर, पछिल्लो समय राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथल र ओलीको व्यस्तताका कारण अधिवेशनको मिति सारिएको एमाले डडेल्धुराका प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताए।

Bohora ma 1

जैरुका अनुसार, अब अधिवेशन ५ गते हुने र ओलीले उद्घाटन गर्ने छन्।

अध्यक्षका लागि गजेन्द्र शाही र चक्रप्रसाद स्नेहीले दावेदारी प्रस्तुत गरिरहेको एमाले वृत्तमा चर्चा छ। शाही एमालेका जिल्ला संयोजक हुन् भने स्नेही पूर्व राष्ट्रिय सभा सदस्य हुन्।

सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा अधिकांश नेताले जोड दिएको बुझिएको छ। सर्वसम्मत नेतृत्व चयन नभएको खण्डमा भने अध्यक्षको दाबेदारी बढ्ने स्रोतको दाबी छ।

र, यो पनि : 

एमाले डडेल्धुराको ९औं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

एमाले डडेल्धुराको जिल्ला अधिवेशन फागुन ३० गते, यी हुन् आकांक्षी

Ddl dental
Aalu jone
Leave A Reply

Your email address will not be published.