उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल दोषी ठहर, श्रीमतीलाई राखेका थिए अपरेटर

dream cafe
learnar

काठमाडौँ : उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवाल दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले उनीविरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई ९ महिना कैद सजाय सुनाएको हो।

GBL NEW

कटवाललाई ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिमाना भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले  जानकारी दिए।

उनका अनुसार कटवालले हिनामिना गरेको, हानि नोक्सानी वा दुरुपयोग गरेको तथा मासेको सरकारी सम्पत्ति पनि असुलउपर हुने फैसला भएको छ।

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो।

उजुरीमाथि अनुसन्धानका क्रममा उनले आफ्नो पदीय दुरुपयोग गरी फर्जी कागजात बनाएर आफैँले सदर गरी आफैँले भुक्तानी लिने गर्दा ४ लाख ९८ हजार ९९५ रुपैयाँ सरकारी रकम हानि नोक्सानी गरेको भन्दै अख्तियारले गत वर्ष भदौमा उनीविरुद्ध मुद्दा हालेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.