बोहरा मेडिको सेन्टर

५ मन्त्रीका लागि नेकपामा १२ आकांक्षी, भागबण्डा मिलाउन हेडक्वार्टरमा सूची

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकार विस्तारको अन्तिम तयारी अघि बढेको छ। सरकारमा थपिने मन्त्रीहरूको नाम टुंगो लगाउन प्रदेशबाट १२ जना आकांक्षीको सूची केन्द्रमा पठाइएको छ।

मन्त्री छनोटका लागि नेकपाले प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता तथा मुख्यमन्त्री भट्टलाई जिम्मेवारी दिएको थियो।

CNA

तीन सदस्यीय कार्यदलले लामो छलफल गरे पनि आकांक्षीबीच सर्वसम्मति जुट्न नसकेपछि प्रदेशबाट नाम केन्द्रमा पठाउने र केन्द्रले छनोट गरेर पठाएका नामलाई स्वीकार गर्ने सहमति भएको प्रदेश इन्चार्ज जोशीले बताएका छन्।

उनका अनुसार मन्त्री बन्न इच्छा व्यक्त गरेका सबै आकांक्षीको नाम केन्द्रमा पठाइएको छ। केन्द्रबाट नाम आएलगत्तै प्रदेशमा मन्त्री नियुक्त गरेर सरकार विस्तार गरिने तयारी छ।

सरकारमा ३ मन्त्री र २ राज्यमन्त्री थपिनेछन्। त्यसका लागि कार्यदलले १२ जनाको नाम सिफारिस गरेको छ। साबिक नेकपा माओवादी केन्द्रबाट ७ जना, साबिक नागरिक उन्मुक्ति पार्टीबाट ३ जना र साबिक नेकपा एकीकृत समाजवादीबाट २ जनाको नाम सिफारिस गरिएको हो।

GBL NEW

साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस भएको छ।

त्यस्तै, साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी तथा साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम केन्द्रमा पठाइएको छ।

प्रदेशबाट पठाइएका १२ नाममध्ये केन्द्रले छलफलपछि ५ जनाको नाम छनोट गरी प्रदेशमा पठाउने तयारी गरेको छ।

छनोट हुनेमध्ये एक जनालाई भौतिक पूर्वाधार विकास मन्त्री, एक जनालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अर्का एक जनालाई आन्तरिक मामिला मन्त्री बनाउने तयारी छ। बाँकी दुई जनालाई राज्यमन्त्री बनाइनेछन्।

यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरिसकेका छन्।

एमालेकै तर्फबाट आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐर नियुक्त भइसकेकी छन्।

मुख्यमन्त्री खगराज भट्टले एक–दुई दिनभित्रै सरकार विस्तार हुने बताएका छन्। विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने बताउँदै आएका भट्टले अहिले आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.