बोहरा मेडिको सेन्टर

प्रकाश देउवाको पदमुक्तिमा कमलबहादुर शाहको आपत्ति, सभामुखको भूमिकामाथि प्रश्न

dream cafe
learnar

धनगढी : सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले कांग्रेस प्रदेश सभा सदस्य प्रकाश देउवालाई पदमुक्त गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

बुधबार धनगढीमा आयोजित कार्यक्रममा बोल्दै शाहले देउवालाई पदमुक्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयको प्रक्रियामाथि प्रश्न उठाए। उनले कुनै पनि प्रदेश सभा सदस्यलाई पदमुक्त गर्नुअघि सम्बन्धित व्यक्तिलाई आफ्नो धारणा राख्ने अवसर दिनुपर्ने बताए।

GBL NEW
CNA

‘एक्कासी पदमुक्त गर्ने निर्णय किन गरियो भन्ने कुरा स्पष्ट हुनुपर्छ,’ शाहले भने, ‘कानुनी प्रक्रिया पूरा गर्दा प्राकृतिक न्यायको सिद्धान्त पनि ख्याल गर्नुपर्छ।’

शाहले देउवालाई पदमुक्त गर्ने निर्णय सही वा गलत भनेर तत्काल निष्कर्ष निकाल्नुभन्दा त्यसअघि अपनाइएको प्रक्रियाबारे बहस आवश्यक रहेको बताए। कांग्रेस संवैधानिक र कानुनी विषयमा खुला छलफल गर्न तयार रहेको उनको भनाइ छ।

यसअघि प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पनि यस्तै प्रकृतिको घटनामा पदमुक्त गरिएको र त्यसविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको उदाहरण उनले स्मरण गरे। सीमित राजनीतिक उद्देश्य पूरा गर्न प्रदेश सभा सदस्यको पद खोस्ने अवस्था सिर्जना हुन नहुने शाहको धारणा थियो।

सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै शाहले सभामुख दलगत अंकगणितभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘सभामुख भइसकेपछि दलको हिसाबकिताब हेरेर निर्णय गर्ने होइन,’ उनले भने।

प्रदेश सभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भण्डारीले स्वीकृत गरेपछि कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा मंगलबार पदमुक्त भएका थिए।

प्रदेश सभा सचिवालयका अनुसार देउवा पूर्वसूचना नदिई लगातार १० भन्दा बढी प्रदेश सभा बैठकमा अनुपस्थित भएका कारण संवैधानिक व्यवस्थाअनुसार पदमुक्त भएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.