

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत दिन उनको दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ह्विप जारी गरेको छ । नेकपा प्रमुख सचेतक खुसीराम चौधरीले ह्विप जारी गरेका हुन् ।
साविक नाउपाका प्रदेशसभा सदस्य चौधरी मंगलबार संसदीय दलको बैठकमा उपस्थित थिएनन् ।


आज दलका उपनेता प्रकाश रावल र प्रदेशसभा सदस्य रमेशसिंह धामीको उपस्थितिमा चौधरीले ह्विप जारी गरेका हुन् ।
योसँगै मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चितजस्तै भएको छ । विश्वासको मतका लागि २६ प्रदेशसभा सदस्य रहेकोमा नेकपाका २० र एमालेका ११ जना छन् ।

