राज्यमन्त्री पद खोसिएपछि चाैधरीले भने : समाचार पढेर थाहा पाए, पार्टीभित्र सल्लाह भएन

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो शुक्रबार राति मन्त्रीमण्डल विस्तार गरेका छन्। एक विनाविभागीयसहित ३ मन्त्री नियुक्त गर्दै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुशीराम चौधरीलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिँदै उनले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

तर मुख्यमन्त्री शाह र नाउपाका संरक्षणक रेशमलाल चौधरीले सरसल्लाह बिना नै एकलौटी र हतारमा मन्त्रीमण्डल विस्तार गरेको पाइएको छ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका नाउपाका नेता कैलाश चौधरीले मन्त्रीमण्डल विस्तार गरेको समाचार पढेर मात्रै थाहा पाएको बताएका छन्।

निवर्तमान राज्यमन्त्री चौधरीले भने, ‘समाचार हेरेर थाहा पाइयो।म राज्यमन्त्रीबाट हटाइएको रहेछु। यसबारे पार्टीभित्र पनि कुनै सल्लाह भएन।’ उनको ठाउँमा नाउपाकै सांसद गिरीलाई जिम्मेवारी दिइएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.