सामाजिक सञ्जालमै फेरि भिडे रेशम–रञ्जिता, स्टाटसमै आरोप–प्रत्यारोप

dream cafe
learnar

डडेल्धुरा : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनकी पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रञ्जिता श्रेष्ठबीच सामाजिक सञ्जालमा फेरि सार्वजनिक रूपमा आरोप–प्रत्यारोप सुरु भएको छ।

लगातारका स्टाटसमार्फत दुवैले एकअर्काप्रति कटाक्ष गरेपछि उनीहरूबीचको राजनीतिक तथा व्यक्तिगत दूरी पुनः सतहमा आएको देखिएको छ।

Ird 2

विवादको सुरुवात नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग रेशम चौधरीले गरेको भेटघाटपछि भएको हो। उक्त भेटलाई लक्षित गर्दै रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस लेखेकी छन्।

Gbl Hard

उनले संस्कृत श्लोक उद्धृत गर्दै, ‘आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद हो’ भन्ने आशय व्यक्त गरेकी छन्। आफ्नै दलको प्रभाव नभएको प्रदेशमा अन्य दलका सांसदसँग भेटघाट गर्नु राजनीतिक रूपमा अस्वाभाविक भएको संकेत उनको स्टाटसमा देखिन्छ।

रञ्जिताको टिप्पणीपछि रेशम चौधरीले पनि सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। उनले ‘हैसियत बनाइदिनेको हत्या गर्न खोज्नेहरू कहिल्यै कसैका हुँदैनन्’ भन्दै प्रतिउत्तर दिएका हुन्।

उनले थप लेखेका छन्, ‘घरमा भ्वाङ मैले पारेको होइन, आफैंले भित्तामा भ्वाङ पारेर अर्काको घर ताक्नेले किन बहुलट्ठीपन प्रदर्शन गरिरहनु ?’

पछिल्ला केही समययता रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच राजनीतिक मतभेदसँगै सार्वजनिक अभिव्यक्तिमार्फत आरोप–प्रत्यारोप हुँदै आएको छ। पछिल्लो सामाजिक सञ्जाल संवादले उनीहरूबीचको सम्बन्धमा रहेको तनाव फेरि एकपटक सार्वजनिक बहसको विषय बनेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.