डडेल्धुरामा ४३ हिंसापीडितले पाए सेफ हाउसको सहारा

dream cafe
learnar

डडेल्धुरा : महिला मुक्ति समाज डडेल्धुराले सञ्चालन गर्दै आएको अल्पकालीन सेवा केन्द्र (सेफ हाउस) बाट ४३ जनाले सेवा लिएका छन्।

मंगलबार संस्थाको सामाजिक लेखा परीक्षणमा आर्थिक वर्ष २०८२/८३ मा ४३ जना हिंसापीडित महिला तथा बालबालिकाले सेवा लिएकाे जानकारी दिएका हुन्।

Ird 2

संस्थाका अध्यक्ष आरती जोशीका अनुसार डडेल्धुरा, बैतडी, डोटी र कैलालीका ४३ जनाले सेफ हाउसबाट सुरक्षित आश्रय, कानुनी परामर्श, उपचार तथा न्यायिक प्रक्रियामा सहयोग प्राप्त गरेका छन्।

उनका अनुसार यस अवधिमा एक जना बालिकालाई थप संरक्षण र पुनर्स्थापनाका लागि साझेदार संस्थामा पठाइएको थियो।

Gbl Hard

‘सेफ हाउसले हामीलाई सुरक्षा र न्यायसम्म पुग्ने आधार दियो। अहिले म आफै काम गरेर जीविकोपार्जन गरिरहेकी छु। छोराछोरीलाई स्कुल पढाइरहेकी छु,’ सेफ हाउसबाट सेवा लिएकी एक महिलाले भनिन्।

अध्यक्ष जोशीले सेफ हाउसले हिंसापीडित महिलाहरूलाई न्याय प्राप्त गर्न सहज बनाएको र अदालती प्रक्रियामा प्रत्यक्ष सहयोग पुर्‍याएको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाले भने, ‘सीमित स्रोतसाधनका बाबजुद सेफ हाउसले प्रभावकारी र प्रशंसनीय काम गरेको छ। हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रको भूमिका महत्वपूर्ण छ।’

उनले आगामी दिनमा पनि आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

संस्थाले सार्वजनिक गरेको प्रतिवेदनले पर्याप्त बजेट अभावका कारण हिंसा न्यूनीकरण, जनचेतनामूलक कार्यक्रम तथा पीडितको पुनर्स्थापनासम्बन्धी गतिविधि विस्तार गर्न कठिनाइ रहेको औँल्याएको छ।

यद्यपि स्थानीय तथा प्रदेश सरकारसँगको सहकार्य बढ्दै गएको र हिंसापीडितसम्म सेवा पहुँच विस्तार भएको उल्लेख गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.