बोहरा मेडिको सेन्टर

समयमै काम सम्पन्न गर्ने दुई निर्माण व्यवसायीलाई पूर्वाधार विकास कार्यालय डडेल्धुराको सम्मान

dream cafe
learnar

डडेल्धुरा : पूर्वाधार विकास कार्यालय, डडेल्धुराले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने दुई निर्माण व्यवसायी (जेभी)लाई सम्मान गरेको छ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुख नवराज रावलले राजेन्द्र–तेज–दुनिला जेभी, धनगढी र सिद्धनाथ–जयभगवती जेभीलाई सम्मानपत्र प्रदान गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरेकोमा प्रशंसा गरेका हुन्।

CNA

रावलका अनुसार राजपुर–बोगटान–दिपायल (बासुदेवी–मडघर खण्ड) २० किलोमिटर सडक निर्माण कार्यको जिम्मा लिएको राजेन्द्र–तेज–दुनिला जेभी, धनगढीसँग २०८० चैत ३ गते सम्झौता भएको थियो।

उक्त आयोजना २०८३ भदौ ३ गते सम्पन्न गर्नुपर्नेमा निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरेकाे हो।

GBL NEW

आयोजनाको कुल लागत ७९ करोड २२ लाख १६ हजार ५ सय ४९ रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

त्यसैगरी डोटीको बोगटान क्षेत्रमा रहेको टुडागाड सडक पुल (२५ मिटर) निर्माणको जिम्मा लिएको सिद्धनाथ–जयभगवती जेभीसँग २०८२ असार ३ गते सम्झौता भएको थियो।

निर्माण कम्पनीले २०८३ जेठ ३ गते नै पुल निर्माण सम्पन्न गर्नुपर्नेमा समयमै सम्पन्न गरेको हो।

यस आयोजनाको कुल लागत ५ करोड १५ लाख ६२ हजार ९ सय ८५ रुपैयाँ रहेको छ।

सम्मान कार्यक्रममा कार्यालय प्रमुख रावलले तोकिएको समयभित्र विकास आयोजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताए।

उनले आगामी दिनमा पनि गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्ने संस्कृतिको विकास गर्न सबै निर्माण व्यवसायीलाई आग्रह गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.