
डडेल्धुरा : डडेल्धुरामा तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको परशुराम नगरपालिका–७ सादनीस्थित डोट्याल खोलाको तालमा डुबेर सोही ठाउँकी नरेन्द्र सिंह चुनाराकी अन्दाजी १२/१३ वर्षीया छोरी वर्षा चुनाराको मृत्यु भएको हो।


बिहीबार साँझ करिब ७ बजे माछा मार्ने क्रममा अचानक तालमा डुबेर उनी बेपत्ता भएकी थिइन्।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको बिओपी सादनीबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेरबहादुर बमको कमाण्डमा ७ सदस्यीय टोली घटनास्थलमा खटिएको थियो।
साँझ ७:२० बजेदेखि खोजी कार्य सुरु गरिएकोमा ७:३५ बजे तालको करिब १५/१६ फिट गहिराइबाट वर्षा चुनाराको शव फेला पारिएको प्रहरीले जनाएको छ।

