बोहरा मेडिको सेन्टर

बच्चासहितको चितुवा तरकारी बिउ उत्पादन केन्द्रमा, डोटी घटालका स्थानीय त्रसित

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुराको अमरगढी नगरपालिका–२ र ३ मा रहेको तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बिउ उत्पादन केन्द्र परिसरमा बच्चासहितको चितुवा देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्।

स्थानीयका अनुसार केन्द्रभित्रको झाडी क्षेत्रमा चितुवाले आफ्ना बच्चासहित बास बसिरहेको देखिएको हो।

CNA
GBL NEW

चितुवा  देखिएपछि केन्द्रमा कार्यरत कर्मचारी तथा आसपासका बासिन्दामा त्रास बढेको छ।

चितुवा बच्चासहित रहेकाले आक्रामक हुन सक्ने जोखिम रहेको भन्दै डिभिजन वन कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ।

डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेलले चितुवा फेला परेको स्थानमा वनका कर्मचारी गइरेको र चितुवालाई जंगलतिर भगाउने प्रयास गरिने बताए। उनले अहिले नभागे भोलि सुरक्षित स्थानमा लगिने जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.