डडेल्धुराका उद्यमी महिलालाई सिद्धार्थ बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका उद्यमी महिलाहरूलाई लक्षित गर्दै सिद्धार्थ बैंक लिमिटेड डडेल्धुरा शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

शनिबार आयोजित कार्यक्रममा सहभागी महिलाहरूलाई बैंकिङ सेवा, बचतको महत्व, ऋण व्यवस्थापन, डिजिटल बैंकिङको प्रयोग तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

Ird 2
Gbl Hard

सिद्धार्थ बैंक डडेल्धुरा शाखाका शाखा प्रबन्धक सुरेश जैशीले उद्यमशील महिलाहरूको आर्थिक सशक्तीकरणका लागि वित्तीय ज्ञान आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले वित्तीय पहुँच र सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए।

सिद्धार्थ बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समय–समयमा वित्तीय साक्षरता, उद्यम विकास तथा बैंकिङ पहुँच विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.