
डडेल्धुरा : गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डडेल्धुराको प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव मीना अर्याललाई खटाएको छ।
मन्त्रालयले शुक्रबार अर्याललाई डडेल्धुरा पठाउने निर्णय गरेको हो।


उनी यसअघि गृहमन्त्रालयमा कार्यरत थिइन्।
गुल्मी घर भएकी अर्यालसँग तेह्रथुममा प्रजिअ भएर काम गरेको अनुभव छ।
यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको सरुवा भएपछि कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अमरबहादुर वलीले प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
गृह मन्त्रालयको पछिल्लो निर्णयसँगै अर्यालले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने भएकी छन् भने वली पुनः सहायक प्रमुख जिल्ला अधिकारीकै जिम्मेवारीमा रहनेछन्।

