बोहरा मेडिको सेन्टर

बुडरमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेश स्थापना, विपद् प्रतिकार्यमा सहज हुने

dream cafe
learnar

डडेल्धुरा : वर्षायाममा हुन सक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै डोटीको जोरायल गाउँपालिका–२ बुडरमा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन वेश स्थापना गरिएको छ।

बिहीबार आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम प्रदेश कार्यालयका प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिग विजय सुवेदीले  विपद् व्यवस्थापन वेशको उद्घाटन गरेका हुन्।

CNA
GBL NEW

नवनिर्मित बेसमा सशस्त्र प्रहरी निरीक्षक सुजन पोखरेलको कमाण्डमा सुरक्षा टोली खटिनेछ।

उक्त टोलीले बुडर आसपासका क्षेत्रका साथै डोटी र डडेल्धुराका विभिन्न स्थानमा हुने विपद् उद्धार, खोज तथा राहत कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।

वर्षायाममा बाढी, पहिरो तथा सडक अवरोधजस्ता घटनाको जोखिम बढ्ने भएकाले सेनामुख बेस स्थापनाले विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.