बोहरा मेडिको सेन्टर

सुदूरपश्चिममा फेरिदै मन्त्री, यी हुन नयाँ अनुहार

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसतर्फका आज थपिने मन्त्रीमा असन्तुष्ट समुहका दिवानसिंह विष्ट नजाने भएका छन्।

विष्ट समूहसंग हिजो साँझ भएको सहमतिअनुसार तीन जना मन्त्री र दुई राज्यमन्त्री परिवर्तन गरेर नयाँ अनुहार पठाउन लागिएको र आजै पद तथा गोपनीयताको सपथग्रहण गराइने भएको छ।

CNA

प्रदेश सभा सदस्य दिवानसिंह विष्टले आफू मन्त्री नहुने तर अरु साथीहरुलार्ई पठाउने बताए।

बिष्ट पक्षले दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहलाई हटाउन खोजे पनि शाहको पद कायमै राखेर मन्त्री मात्र परिवर्तन गर्ने सहमति भएको हो।

संसदीय दलमा देखिएको विवादको समाधान खोज्न नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदयसमशेर राणा र केन्द्रीय सदस्य राजन केसीलाई धनगढी पठाइएको थियो।

उनीहरु चार दिनदेखि धनगढीमै छन्।

GBL NEW

शनिबार साँझको सहमतिअनुसार बिष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ। मुख्यमन्त्रीले आर्थिक मामिला मन्त्री र एक राज्यमन्त्री आफू निकटलाई बनाउने स्रोतको भनाइ छ।

नयाँ मन्त्रीमा बिष्टले बेलबहादुर राना, पदमबहादुर शाही र मानबहादुर रावलमध्ये दुई जनालाई पठाउने चर्चा छ।

मुख्यमन्त्री शाहले भने आफ्नो तर्फबाट विक्रमसिंह धामीलाई आर्थिक मामिलामन्त्री बनाउने पक्कापक्की भएको जनाइएको छ।

मुख्यमन्त्रीले डम्मरी महरा रक्षालाई,बिष्ट पक्षले गीता चौधरी र ललिता सुनारमध्ये एकलाई राज्यमन्त्री बनाउने बताइएको छ।

यहाँ कांग्रेसका १७ जना प्रदेश सभा सदस्य छन्।

१७ मध्ये नौ जनाले मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउन हस्ताक्षर बुझाएका थिए तर त्यही बेला महराले हस्ताक्षर फिर्ता लिएकी थिइन्।

त्यसैले उनलाई राज्यमन्त्री बनाउने चर्चा छ। कांग्रेसको संसदीय दल १८ जनाको भए पनि एक जना प्रकाशबहादुर देउवा अमेरिकामै छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.