अस्पताल उद्घाटनपछि विदेशबाटै कड्किइन् मेयर शाही, राज्यमन्त्री खड्काविरुद्ध चेतावनीपूर्ण स्टाटस

dream cafe
learnar

कैलाली: लम्कीचुहाको प्रादेशिक अस्पताल उद्घाटनलाई लिएर विवाद फेरि चर्किएको छ।

आज एक कार्यक्रमकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले अस्पताल उद्घाटन गरेका थिए।

GBL NEW

लम्कीचुहा नगरपालिका मातहत रहेको १५ शैयाको अस्पताल अब ५० शैयामा विस्तार भएर प्रदेश सरकार मातहत रहनेछ।

अस्पताल उद्घाटन कार्यक्रममा लम्की पुगेकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको अभिव्यक्तिलाई लिएर लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले विदेशबाटै प्रतिवाद जनाएकी छन्।

उद्घाटन कार्यक्रममा राज्यमन्त्री खड्काले मेयर शाहीले आफूलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बनाउनुपर्ने अडान राखेको र त्यो नभएपछि विरोध गरेको बताएकी थिइन्।

राज्यमन्त्रीको उक्त भनाइपछि मेयर शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै त्यसलाई ‘भ्रामक, कपोलकल्पित, झुटा र आधारहीन’ बताएकी छन्।

‘मैले आफ्नो अध्यक्षतामा समिति बनाऔँ भनेकी होइन, सर्वपक्षीय, सर्वदलीय र सर्वस्वीकार्य ढंगले समिति बनाऔँ भनेकी हुँ,’ शाहीले लेखेकी छन्।

उनले वैशाख २१ गते सामाजिक विकास मन्त्रालयमा अस्पतालसम्बन्धी विवाद समाधानका लागि छलफल भएको स्मरण गराउँदै अहिले तथ्य तोडमोड गरेर भ्रम फैलाइएको आरोप लगाएकी छन्।

उनले राज्यमन्त्रीको नैतिकता र पदीय गरिमामाथिसमेत प्रश्न उठाएकी छन्।

‘अलिकति नैतिकता, इमानदारिता र पदीय गरिमाको महत्व भएको भए यस्तो आरोप लगाउन सकिन्थ्यो र ?’ भन्दै उनले राज्यमन्त्रीलाई आफूविरुद्ध लगाइएको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएकी छन्।

मेयर शाहीले आफू विदेशमा रहेका बेला ठूलो सुरक्षाघेराबीच अस्पतालको बोर्ड अनावरण गरिएको भन्दै त्यसप्रति पनि असन्तुष्टि जनाएकी छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.