सिमानाकर्मी भण्डारीसहित डडेल्धुराका तीन पत्रकार पुरस्कृत र एक सम्मानित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका तीन पत्रकार पुरस्कृत र एक पत्रकार सम्मानित भएका छन्।

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाको १६औं साधारणसभामा पुरस्कृत तथा सम्मान गरिएको हो।

Arthik

शाखाको १६ औँ साधारण सभाबाट सिमाना न्यूजका सह–सम्पादक शेरबहादुर भण्डारीलाई ‘युवा सशक्त पुरस्कार’, गोरखापत्र डडेल्धुराका संवाददाता पुष्कर भण्डारीलाई ‘खोज पत्रकारिता पुरस्कार’ तथा अमरगढी एफएमकी स्टेशन मेनेजर ममता भट्टलाई ‘क्रियाशील पत्रकारिता पुरस्कार’, प्रदान गरिएको हो।

यसैबीच, पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाका संस्थापक सदस्य बाबुराम श्रेष्ठलाई पनि सम्मान गरिएको हो।

सीमानाकर्मी भण्डारीलाई नगद ५ हजार ५ सय ५५, गोरखापत्रकर्मी भण्डारीलाई ५ हजार १ सय ५१ र अमरगढी एफएमका स्टेसन म्यानेजर भट्टलाई ४ हजार ४ सय ४४ रुपैयाँसहित प्रमाणपत्रसहित सम्मानित गरिएको हो।

१६ औँ साधारण सभा कार्यक्रममा बोल्दै डडेल्धुरा उद्योग वाणिज्य संघ का अध्यक्ष दीपक महताले समाज सही दिशामा अघि बढाउन पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले पछिल्लो समय समाज मिडियामा निर्भर बन्दै गएको उल्लेख गर्दै पत्रकारिताले देशलाई सही दिशा दिन सहयोग गरिरहेको धारणा राखे।

डडेल्धुरा खेलकुद विकास समितिका अध्यक्ष जगतबहादुर ऐरले पत्रकार महासंघ आवाजविहीनहरुको आवाज बन्ने संस्था भएको बताए।

उनले पछिल्लो समय पत्रकारितामाथि विभिन्न प्रश्न उठ्न थालेको उल्लेख गर्दै सरकारले पत्रकारको अधिकारमाथि अंकुश लगाउने प्रयास गरेको आरोप लगाए।

पत्रकारिता दिनदुःखीहरुको सहारा बन्न सफल भएको उनको भनाइ थियो।

अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले पत्रकारिता परिवर्तनको संवाहक भएको उल्लेख गर्दै व्यावसायिक क्षमता विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले पत्रकारहरुलाई खोज पत्रकारितामा जोड दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि डम्बर साउदले पत्रकारले लोकतन्त्रमा भ्रष्टाचारविरुद्ध निर्भीक भएर कलम चलाउनुपर्ने बताए।

HARDIK AGRo NEw

नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले प्रविधिको विकाससँगै नेपाली प्रेस जगतले पनि क्षमता विकास गर्नुपर्ने बताए।

उनले पत्रकारलाई प्रविधिमैत्री बन्न आग्रह गर्दै प्रेसमाथि अंकुश लगाउने सरकार दिगो नहुने टिप्पणी गरे।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले पत्रकारहरुमा निराशा छाएको उल्लेख गर्दै वर्तमान सरकारले पत्रकारको हक अधिकार खोस्न खोजेको आरोप लगाए।

प्रदेश सरकारले आवश्यक कार्यविधि नबनाउँदा पत्रकारको क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ थियो।

महासंघका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साउदले देशभर पत्रकार महासंघ आन्दोलनमा रहेको जानकारी दिए।

लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरुको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै उनले सरकारले पत्रकारमाथि लगाएको अंकुश सच्याउन माग गरे।

उनले पत्रकारितामा निष्पक्षता र जिम्मेवारी आवश्यक रहेको पनि बताए।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका निमित्त प्रमुख अमर वलीले पत्रकारिता, समाज र राज्यबीच घनिष्ठ सम्बन्ध रहेको बताए।

उनले पत्रकारको सुरक्षाप्रति प्रशासन सचेत रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा आउने सूचनाको सत्यता पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डडेल्धुरा प्रमुख गगनसिंह भण्डारीले सुशासन र विकासका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए।

उनले पत्रकारहरुलाई खोज पत्रकारितामा सक्रिय हुन आग्रह गर्दै लोकतान्त्रिक व्यवस्थामा पत्रकारितामाथि सिन्डिकेट लगाउने कार्य उचित नभएको धारणा राखे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले पत्रकारको नाम प्रयोग गरेर सरकारी कार्यालयमा गई धाकधम्की दिने तथा चन्दा असुल्ने गतिविधि भएको पाइए महासंघलाई जानकारी गराउन आग्रह गरेका छन् ।

उनले यस्ता गतिविधिले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि असर पर्ने बताए ।

अध्यक्ष सिंहले राज्यबाट मिडिया हाउसमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै सञ्चार क्षेत्रलाई बलियो बनाउन सरकारी कार्यालयहरुले सूचना तथा विज्ञापन प्रवाहमा सहयोग गर्नुपर्ने धारणा राखे ।

उनले निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजलाई सुसूचित बनाउने कार्यमा महासंघ प्रतिबद्ध रहेको पनि बताए ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.