डडेल्धुराका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम सञ्चालन गरिएको छ।

स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट अचार बनाउने सीप महिलालाई प्रदान गरिएको हो।

GBL NEW

सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोग तथा महिला उद्यमी संघ डडेल्धुरा नेपालको सहकार्यमा जिल्लाका २० जना महिलालाई तालिम प्रदान गरिने जनाइएको छ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयकी राज्यमन्त्री सरस्वती खड्काले महिलालाई आयआर्जनसँग जोड्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरी उद्यमशील बनाउने काम भइरहेको बताइन्।

अचार बनाउने तालिम प्रभावकारी देखिएकाले डडेल्धुराका उद्यमी महिलाको सहभागितामा सञ्चालन गरिएको यस तालिमबाट गुणात्मक नतिजा आउने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “म स्वयं महिलाको प्रतिनिधि भएकाले सुदूरपश्चिम प्रदेशका महिलाको आर्थिक, सामाजिक तथा व्यावसायिक क्षेत्रको प्रवर्द्धन हुनुपर्छ भन्ने विषयमा मेरो विशेष जोड रहेको छ।”

सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मीनबहादुर लामिछानेका अनुसार स्थानीयस्तरमा उत्पादन हुने अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेला लगायतका तरकारीजन्य वस्तुबाट अचार बनाउन सिकाइनेछ।

महिला उद्यमी संघ डडेल्धुरा नेपालकी अध्यक्ष सिता खड्काले व्यावसायिक रूपमा अचार उत्पादन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.