मापसे गरेर सरकारी गाडी ठोक्ने गोदावरीका मेयर भट्टलाई गोपाल हमालले ३५ हजार क्षतिपूर्ति तिराउँदै

dream cafe
learnar

धनगढी : मादक पदार्थ सेवन (मापसे) गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ।

शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको थियो।

GBL NEW

दुर्घटनाका क्रममा सडक छेउमा जडान गरिएको रेलिङमा क्षति पुगेपछि उपमहानगरपालिकाले क्षतिको मूल्यांकन गर्दै ३५ हजार रुपैयाँ खर्च लाग्ने स्टिमेट तयार गरेको हो।

उपमहानगरपालिकाका प्राविधिक टोलीले सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको मूल्य निर्धारण गरेपछि उक्त रकम असुल गर्न नगर प्रहरीलाई कैलाली गाउँस्थित प्रहरी चौकी पठाइएको थियो।

तर, मेयर भट्टले वारेस पठाउँदै आफूले नै रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएको उपमहानगरपालिकाले जनाएको छ।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिबाट नै क्षतिपूर्ति असुल गर्ने तथा मर्मत गराउने नीति अनुसार प्रक्रिया अघि बढाइएको जनाएको छ।

स्थानीयका अनुसार शनिबार राति मदिरा सेवन गरेका अवस्थामा मेयर भट्टले आफैं गाडी चलाइरहेका बेला दुर्घटना भएको थियो।

दुर्घटनापछि स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेर गाडी चलाएको अभियोगमा ५ सय रुपैयाँ र लापरवाहीपूर्वक सवारी चलाएको भन्दै थप ५ सय रुपैयाँ गरी १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.