
धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले ३५४ जना प्रहरी जवानको सरुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले शुक्रबार उनीहरुको सरुवा गरेका हुन् ।

आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकाले जेठ महिनाको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सूची हेर्न यहाँ क्लिक गर्नुहोस्




