सांसद पार्कीबिरुद्ध पक्राउ पुर्जी, के हो मुद्दा ?

भन्छन् : म आफैं पीडित हुँ

dream cafe
learnar

डडेल्धुरा : बैंकिङ्ग कसुरको अभियोगमा पक्राउ पूर्जी जारी भएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय  सभा सदस्य जगतबहादुर पार्कीले आफैं पीडित भएको बताएका छन्।

साथीका लागि जमानी बस्दा आफू कानुनी झमेलामा फसेको उनको गुनासो छ।

GBL NEW

धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले उनीविरुद्ध गत चैत २ गते बैंकिङ्ग कसुरको मुद्दा हालेका थिए।

कैलाली जिल्ला अदालतबाट चैत १७ गते पक्राउ पूर्जी जारी भयो।

सांसद पार्कीले सो मुद्दा मिलापत्रको चरणको रहेको बताउँदै आफूलाई योजनावद्ध ढंगले फसाउन खोजिएको गुनासो गरे।

अहिले उपचारका निम्ति भारतमा रहेको र नेपाल फर्किने बित्तिकै मिलापत्र गर्ने उनको भनाइ छ।

‘म अहिले भारतमा उपचार गराउँदैछु। नेपाल फर्किएपछि मिलापत्र गर्छौं। मैले आधाभन्दा बढी रकम फिर्ता गरिसकेँ’,उनले भने, ‘कानुनी रूपले म तल परेको हुँला तर व्यवहारिक हिसाबले भने उल्टै पीडित हुँ।’

ऋण दिँदा आफू जमानीमात्र बसिदिएको उल्लेख गर्दै उनले ऋण लिएर फिर्ता नगर्नेविरुद्ध ठगी मुद्दामा पक्राउ पूर्जी जारी भएको जानकारी दिए।

अगाडि थपे, ‘ऋण लिएर फिर्ता नगर्नेहरूविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।’

Ddl dental
Leave A Reply

Your email address will not be published.