बोहरा मेडिको सेन्टर

डडेल्धुरा कारागारमा स्वास्थ्य शिविर, १२९ कैदीबन्दी लाभान्वित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

स्वास्थ्य निर्देशनालय डोटीको आयोजना तथा अमरगढी नगरपालिका, डडेल्धुरा अस्पताल र स्वास्थ्य कार्यालय डडेल्धुराको समन्वयमा डडेल्धुरा जिल्ला कारागारमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।

CNA
GBL NEW

शनिबार आयोजित उक्त शिविरमा कारागारमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य जाँच, रोग निदान तथा उपचार व्यवस्थापनसँगै एचआईभी परीक्षण र परामर्श सेवा प्रदान गरिएको डडेल्धुरा कारागारका जेलर सन्तोष भट्टले जानकारी दिए।

उनका अनुसार शिविरमा ११७ जना पुरुष र १२ जना महिला गरी कुल १२९ जना कैदीबन्दीले सेवा लिएका छन्।

शिविरमार्फत औषधि वितरणका साथै आवश्यक परामर्श सेवा समेत प्रदान गरिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.