लोपोन्मुख राउटे समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयमा अध्ययनरत राउटे समुदायका १ सय २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

बीपी प्राथमिक विद्यालय आमपानी, भागेश्वर माध्यमिक विद्यालय कटाल, समैजी आधारभूत विद्यालय रज्यौडा, भागेश्वर माध्यमिक विद्यालय सलौन र भुवनेश्वरी नमुना माध्यमिक विद्यालय परिगाउँमा अध्ययनरत विद्यार्थीहरूलाई उक्त सहयोग प्रदान गरिएको हो।

Amargadhi Education

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयमार्फत सामाजिक विकास कार्यालय डडेल्धुराले कार्यक्रम सञ्चालन गरेको हो।

कार्यालय प्रमुख मिनबहादुर लामिछानेले विद्यालयमै पुगेर सामग्री हस्तान्तरण गरेका थिए।

प्रमुख लामिछानेले सरकार ‘आवाजविहीन, लोपोन्मुख तथा विपन्न वर्गको अभिभावक’ भएको उल्लेख गर्दै राउटे समुदायको संरक्षण, सहयोग तथा उत्साहवर्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।

अजयमेरु फाैजी केरा

उनले भने, “सरकारको कर्तव्य भनेको गरिब, निमुखा र पछाडि परेका वर्गलाई अगाडि ल्याउनु हो।”

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले लोपोन्मुख तथा विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी गरिएको यस सहयोगप्रति धन्यवाद व्यक्त गरे।

उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने र जनतामा राज्यप्रतिको भरोसा मजबुत बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

भण्डारीले राउटे समुदायका बालबालिका आर्थिक अभाव र विशेष संरक्षणको अभावका कारण शिक्षाप्रति कम आकर्षित हुँदै गएको उल्लेख गर्दै यस सहयोगले उनीहरूलाई शिक्षातर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे।

सामाजिक विकास कार्यालय डडेल्धुराका प्राविधिक सहायक भोजराज चुनाराका अनुसार प्रत्येक विद्यार्थीलाई करिब १ हजार ५ सय ९० रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.