बोहरा मेडिको सेन्टर

धनगढीबाट रास्वपाको परिवर्तन उद्घोष सभा, रवि र बालेनले सम्बोधन गर्ने

dream cafe
learnar

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज धनगढीमा परिवर्तन उद्घोष सभा गर्दै छ।

सुदूरपश्चिमलाई नै सम्बोधन गरी आयोजित सभामा सम्बोधनका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन्।

CNA
GBL NEW

बिहान ११ बजे देखि सभा सुरु हुने रास्वपाले जनाएको छ। सभामा सुदूरपश्चिमका सबै उम्मेदवारले पनि सम्बोधन गर्ने तयारी गरिएको रास्वपा सुदूरपश्चिम सभापति प्रकाश विष्टले जानकारी दिए।

धनगढीको सभा पछि भोली अर्थात फागुन ७ गते सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्दै छ।

रास्वपाका उपसभापति तथा वाचापत्र लेखन कार्यदलका संयोजक डा.स्वर्णिम वाग्लेका अनुसार सुर्खेतको सभाबाट रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गर्ने छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.