डडेल्धुरामा ट्याक्टर दुर्घटना: एकको मृत्यु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्।

आइतबार राति अजयमेरु गाउँपालिका– २ स्थित चमडा–डडेल्धुरा पक्की सडकको चौडला मोडमा सुपप्र ०१–००२ त ७४२८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खस्दा कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणी बस्ने वर्ष २० वर्षीय सन्दीप चौधरीको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा कृष्णपुरकै २० वर्षीय जोन चौधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन्।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.