बोहरा मेडिको सेन्टर

रवि–तारा जोशी भेट : रविले सोधे डडेल्धुरा कि कैलालीबाट चुनाव लड्ने ?

dream cafe
learnar

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीबीच भेटवार्ता भएको छ।

हिजो रास्वपाको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटमा आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन मुख्य एजेन्डाका रूपमा केन्द्रित रहेेको स्रोतको भनाइ छ।

CNA

छलफलका क्रममा सभापति लामिछानेले डा. जोशीलाई डडेल्धुरा वा कैलाली क्षेत्र नम्बर ५ मध्ये कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने विषयमा धारणा मागेका थिए।

GBL NEW

त्यसको जवाफमा डा. जोशीले एक–दुई दिनभित्र अन्तिम निर्णय लिने बताएका छन्।

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका डा. जोशी पछि उज्यालो नेपाल पार्टीमा आबद्ध भएका थिए।

उज्यालो नेपाल पार्टीमा उनी अनुप उपाध्यायपछिको दोस्रो वरीयतामा रहेका प्रभावशाली नेता थिए।

पछिल्लो समय उज्यालो नेपाल पार्टी र रास्वपाबीचको राजनीतिक समीकरणपछि डा. जोशी रास्वपामा समायोजन भएका हुन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.