बैतडी जीप दुर्घटना : डडेल्धुराका एकसहित तीन जनाको मृत्यु, सात घाइते [नामसहित]

dream cafe
learnar

डडेल्धुरा : बैतडीको पाटन नगरपालिका–८ विजयपुर (साणिघाटी) नजिक जयपृथ्वी राजमार्ग अन्तर्गत खोडपे–बझाङ सडक खण्डमा भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सुर्नया गाउँपालिका मोतिनगरबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज २२४ नम्बरको जीप तीव्र गतिका कारण अनियन्त्रित भई करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।

Amargadhi Education

जीपमा सवार १० जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेमा बैतडी सिगास गाउँपालिका–१ निवासी २४ वर्षीय निशान्त बोहरा, २९ वर्षीय भान देव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका–३ चौर निवासी १३ वर्षीय राकेश रावल रहेका छन्।

मृतकहरूको शव घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

अजयमेरु फाैजी केरा

दुर्घटनामा घाइते भएका सात जनालाई तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल पठाइएको छ।

अस्पतालमा उपचाररत घाइतेमध्ये बैतडी सिगास गाउँपालिका–१ की १९ वर्षीया बिमला ऐर र सोही स्थानकी २५ वर्षीया लालमती बोहरा तथा २७ वर्षीया बसन्ती ऐरको अवस्था गम्भीर रहेको छ।

अन्य घाइतेहरूमा ४ वर्षीया प्रिन्सा ऐर, जिप चालक २८ वर्षीय गणेश बिष्ट, २५ वर्षीया कमला बिष्ट र डडेल्धुराको आलिताल–३ निवासी ३२ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।

बोहरा बैतडीको सिगास माध्यमिक विद्यालय, गांजरीमा शिक्षक रहेको जनाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खोडपेबाट प्रहरी नायब निरीक्षक उदय सिंह खडायतको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा खटिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.