डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

dream cafe
learnar

डडेल्धुरा:  डडेल्धुराको परशुराम नगरपालिका–९ स्थित कुयापानी क्षेत्रमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार साँझ करिब ६ः३० बजे जोगबुढा–दैजी सडकखण्ड अन्तर्गत जोगबुढाबाट गाईबाधे तर्फ जाँदै गरेको से २ त १४७४ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको हो।

Bohora madico
HARDIK AGRo NEw

दुर्घटनामा मोटरसाइकल चालक परशुराम नगरपालिका–१२ पन्तुरा निवासी २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार तातापानी घर भई हाल परशुराम नगरपालिका–१२ जोगबुढा बस्ने ३५ वर्षीय मान जाग्रीको निधन भएको हो।

घाइते भएका दुबैलाई जोगबुढा अस्पतालको एम्बुलेन्समार्फत उपचारका लागि जोगबुढा अस्पताल पठाइएकोमा दुबै जनालाई मृत घोषणा गरेको हो।

दुर्घटनापछि ट्याक्टर र मोटरसाइकल घटनास्थलमै रहेका छन् भने ट्याक्टर चालक फरार रहेको र उनको खोजतलास कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.