पाँचपटक प्रधानमन्त्री बनेको देउवाकै निर्वाचन क्षेत्रका मतदान केन्द्रमै छैन विद्युत्

dream cafe
learnar

डडेल्धुरा : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै डडेल्धुरा जिल्लाका विभिन्न मतदान केन्द्रमा विद्युत् आपूर्ति सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय डडेल्धुराले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युत् सेवा नपुगेका जिल्लाभित्रका मतदान केन्द्रमा यथाशीघ्र विद्युतीकरणको व्यवस्था मिलाउन अनुरोध गरेको हो।

Amargadhi Education

निर्वाचन प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न विद्युत् सेवा अत्यावश्यक हुने भएकाले सम्बन्धित मतदान केन्द्रमा आवश्यक तयारी गर्न नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रलाई निर्देशन दिइएको छ।

परशुराम नगरपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकाका गरी सातवटा मतदान केन्द्रमा अझै विद्युत् पहुँच नपुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

अजयमेरु फाैजी केरा

आलिताल गाउँपालिकाको समैजेश्वर प्रावि सेला, परशुराम नगरपालिकाको भागेश्वर मावि बसौटी र सिद्धनाथ मावि कटाल, तथा भागेश्वर गाउँपालिकाका कैलपाल देवल मावि पत्रम, पशुपति आवि बलडा, भागेश्वर आवि लेकुडा र डम्वरपूर आवि चौड मतदान केन्द्रमा विद्युत् सेवा पुगेको छैन।

विद्युत् आपूर्ति नहुँदा निर्वाचन व्यवस्थापन, मतगणना, सुरक्षा तथा सञ्चारसम्बन्धी काममा समस्या आउन सक्ने भएकाले समयमै आवश्यक पहल गर्न आग्रह गरिएको छ।

निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै विद्युत् सेवा अवरुद्ध नहुने व्यवस्था मिलाउन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि समन्वयात्मक रूपमा काम गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बताए।

डडेल्धुरा निर्वाचन क्षेत्र पाँच पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको परम्परागत निर्वाचन क्षेत्र हो।

देउवाले यसअघि सात पटक यही क्षेत्रबाट निर्वाचन जितिसकेका छन् भने यसपटक पनि प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन लड्दै छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.