बोहरा मेडिको सेन्टर

डडेल्धुराको एक घरमा आगलागी हुँदा एक लाख बराबरको क्षति

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एक घरमा आगलागी भएको छ।

हिजो राती अमरगढी नगरपालिका–१० बुडालीमा आगलागी भएको हो।

CNA
GBL NEW

स्थानीय भीमबहादुर ऐरको ढुङ्गा, माटो र टिनले छाएको कच्ची भान्सा घरमा खाना पकाउन बालिएको आगोबाट आगलागी भएको हो।

आगो सल्किँदा भान्सा कोठाभित्र रहेका टुडीको काठ (कडी) २५ पिस, लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुँडा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 

Ddl dental
Leave A Reply

Your email address will not be published.