अध्यक्षमाथि दुर्व्यवहारको विरोधमा डडेल्धुरा अस्पतालका आकस्मिक बाहेक सबै सेवा बन्द

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझामाथि गरिएको दुर्व्यवहारको विरोधमा अस्पतालले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ।

बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र केही अराजक व्यक्तिहरूले दुर्व्यवहार गरेको भन्दै अस्पताल विकास समितिले उक्त घटनाप्रति खेद प्रकट गर्दै घोर भत्र्सना गरेको हो।

Amargadhi Education

अस्पताल विकास समितिद्वारा जारी प्रेस विज्ञप्तीमा अध्यक्ष ओझा अस्पतालको सेवा प्रवाह सुदृढ बनाउन, बिरामी सेवाग्राहीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको उल्लेख गरिएको छ।

अजयमेरु फाैजी केरा

प्रमाणविहीन र तथ्यहीन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील र गरिमामय संस्थाभित्र गरिएको व्यवहारले सम्पूर्ण अस्पताल परिवारलाई लज्जित तुल्याएको विज्ञप्तीमा भनिएको छ।

यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने र कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने बाहेक कुनै उपलब्धि नहुने अस्पतालको ठहर छ।

घटनामा संलग्न दोषीमाथि यथाशीघ्र छानबिन गरी कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अस्पतालले जोडदार माग गरेको छ।

साथै भविष्यमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, प्रशासन तथा नागरिक समाजलाई अस्पतालले हार्दिक अपील गरेको छ।

दोषीलाई तत्काल कानुनी दायरामा नल्याइएमा कर्मचारीको कमजोर बनेको मनोबललाई मध्यनजर गर्दै भोलि २४ गतेदेखि आकस्मिक सेवा बाहेकका सबै सेवा पूर्ण रूपमा बन्द रहने अस्पताल विकास समितिले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.