डडेल्धुरा अस्पतालका अध्यक्ष ओझालाई किन दलियो मोसो ?

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझालाई मोसो दलिएको छ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आज (बुधबार) अस्पतालको अध्यक्ष ओझालाई कार्यकक्षमै मोसो दलेको हो।

Amargadhi Education

कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराका अध्यक्ष क. सहविरद्धारा हस्ताक्षरित आरोपत्रमा डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझामाथि जनकारबाही किन ? भनेर उनीहरुले दश बुँदे आरोप लगाएका छन्।

केछ आरोप पत्रमा ?

१. कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ उपकरण खरिद प्रक्रियामा लैजाने र यसमार्फत लाखौँ रुपैयाँको भ्रष्टाचार गर्ने गरेको। उदाहरणका रूपमा हाल प्रयोगमा रहेको ठूलो एक्स–रे मेसिन बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाइएको

२. जनस्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा दक्ष र अनुभवी जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्नुको सट्टा कर्मचारी भर्नामा आर्थिक चलखेल गरी अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाइएको

अजयमेरु फाैजी केरा

३. अस्पतालजस्तो संवेदनशील संस्थालाई मदिरा सेवन गर्ने थलो बनाइएको

४. अध्यक्ष पदमा तेस्रो कार्यकाल पूरा गर्न लाग्दा पनि अस्पतालको आय–व्यय विवरण सार्वजनिक नगर्ने तथा आफ्ना कमजोरी ढाकछोप गर्न सार्वजनिक सुनुवाइ नगरेको

५. अस्पतालबाट माग हुने सेवा, मर्मत तथा निर्माणसम्बन्धी कामहरूमा आफ्ना आसेपासेलाई कोटेसन दिलाई कमिसन खाने गरेको

६. अस्पतालको सेवा प्रवाह सुधार्नुपर्ने ठाउँमा अस्पताललाई कमाइ खाने भाँडो बनाउँदै चरम भ्रष्टाचार गरेको

७. अस्पतालमा थुप्रै स्थायी दरबन्दी खाली रहँदा पनि स्थायी कर्मचारी नियुक्ति नगरी आर्थिक र राजनीतिक चलखेलका आधारमा करार तथा ज्यालादारी (डोरहाजिर) कर्मचारी भर्ना गरी जनस्वास्थ्यसँग गम्भीर खेलवाड गरिएको

८. सुदूरपश्चिमकै रेफर अस्पताल हुँदाहुँदै पनि स्वास्थ्य सेवामा चरम लापरवाही देखाई जनतालाई सास्ती दिइएको

९. खरिद प्रक्रियामा मनपरी गर्दै औषधि तथा उपकरण खरिदमा गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिने गरेको

१०. कमिसनकै लागि लाखौँ मूल्यका उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने, जवाफदेहिताबाट पन्छिने, संस्थागत सुशासन कमजोर बनाउने र नेतृत्वकै कारण अस्पतालको छवि खस्किएको

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.