टीकापुर जग्गा घोटाला काण्डमा मुछिएपछि उपप्रमुख शाह निलम्बित

dream cafe
learnar

कैलाली : कैलालीको टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह निलम्बित भएका छन्।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले उनलाई निलम्बन गरेको नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले जानकारी दिए।

GBL NEW

यस अघि कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जसमा अख्तियारले शाह सहितका २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। हालका उपमेयर शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.