रास्वपाका एक्ला प्रदेश सांसद बने जोशी, प्रत्यक्ष निर्वाचन लड्ने तयारी

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभाका स्वतन्त्र सांसद डा. तारा जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

उनी कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा आएका हुन्।

Amargadhi Education

सोमबार बेलुका रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता घोषणा गरिएको थियो।

अजयमेरु फाैजी केरा

उक्त एकताका लागि वार्ताको वातावरण निर्माणमा जोशीले सक्रिय भूमिका खेलेका थिए।

डडेल्धुरा घर भएका जोशी अब प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्।

‘म समानुपातिकको बन्द सूचीमा छैन, यदि पार्टीले टिकट दियो भने प्रत्यक्ष चुनाव लड्छु,’ जोशीले भने ।

लामो समय डडेल्धुरामा एमालेको नेतृत्व गरेका जोशी पछि एकीकृत समाजवादी, त्यसपछि उज्यालो नेपाल पार्टी हुँदै अहिले रास्वपामा आएका हुन्।

पुराना राजनीतिक शक्तिबाट जनअपेक्षा अनुसारको विकास सम्भव नदेखिएपछि वैकल्पिक शक्ति रोजेको उनले बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.