अमरगढी किल्लामा सेनाको हाजिरीजवाफ प्रतियोगिता, क्याम्ब्रिज पब्लिक स्कुल प्रथम

dream cafe
learnar

डडेल्धुरा : ऐतिहासिक अमरगढी किल्लामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४औं जन्मोत्सव तथा राष्ट्रिय एकता दिवसको अवसरमा अर्जुनबाण गणको आयोजनामा अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो।

Amargadhi Education
अजयमेरु फाैजी केरा

जिल्लाभित्रका विभिन्न माध्यमिक विद्यालयबीच भएको प्रतियोगितामा क्याम्रिज पब्लिक स्कुल प्रथम, घटाल माध्यमिक विद्यालय दोस्रो र सरस्वती माध्यमिक विद्यालय बोगटा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको सेनाले जनाएको छ।

प्रतियोगितामा डडेल्धुराका ६ वटा विद्यालयको सहभागिता रहेको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.