राजनीतिक ‘पावर’मा पूर्वमेयर ओझाले लगाए पत्नीलाई जागिर

dream cafe
learnar

डडेल्धुराः अमरगढी नगरपालिकाका पूर्वमेयर विशेश्वरप्रसाद ओझाले राजनीतिक आडमा काठमाडौंमा पत्नीलाई जागिर लगाएको खुलेको छ।

काँग्रेस/एमालेको गठबन्धन सरकार हुँदा ओझाले राजनीतिक पावरमा पत्नी इन्द्रा ओझालाई जागिर लगाएको खुलेको हो।

बोहरा मेडिको सेन्टर

एक एमाले नेताका अनुसार ओझाले पत्नी इन्द्रालाई काठमाडौंको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा जागिर लगाएका छन्।

GBL NEW

‘सामाजिक सञ्जालमा जथाभावी लेख्ने अनि आफैंले लोकसेवा पास नगरिकन कसरी श्रीमती काठमाडौंमा जागिर लगाए?,’ ती नेताले भने।

डडेल्धुरा अस्पताल भर्ती केन्द्रको संज्ञा दिने ओझाले काठमाडौंमा पत्नीलाई जागिर लगाएको पाइएपछि उनको नियतमाथि प्रश्न उठेको छ।

पार्टीभन्दा पनि व्यक्तिवादी र परिवारवादमा रमाउने ओझाले आफै मेयर हुँदा परिवारका मान्छे र आसेपासेलाई जागिर लगाएका थिए।

ओझा मेयर बनेदेखि नै विवादित बन्दै आएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.