डडेल्धुरामा विद्यालय किशोरीलाई आत्मरक्षा तालिम

dream cafe
learnar

डडेल्धुरा :  किशोरी हिंसाका घटना बढ्न थालेपछि सामाजिक विकास कार्यालय डडेल्धुराले किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण अभियान सुरु गरेको छ।

कार्यालयले अजयमेरु गाउँपालिका डडेल्धुरामा रहेको सहश्रलिङ्ग माध्यमिक विद्यालयमा अध्ययरत कक्षा ८ देखी १२ सम्मका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको हो।

Bohora madico

सोमबार सम्पन्न तालिममा आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, साइबर सुरक्षा एवम् घरेलु हिंसा न्यूनीकरण, लैङ्गिक हिंसा न्यूनीकरण लगायत विषयहरुमा सहजीकरण गरिएको सामाजिक विकास कार्यालय प्राविधिक सहायक भोजबहादुर चुनाराले बताए।

तालिममा विद्यालयमा अध्ययनरत १ सय ४ जना छात्राको सहभागिता रहेको उनले बताए।

HARDIK AGRo NEw

कार्यालयको आर्थिक वर्ष ०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार किशारीहरुमाथी हुने हिंसाका घटनालाई निरुत्साहित गर्न उनीहरुकोे आत्मबल बढाउन तथा आत्मरक्षा संगै खेलकुदप्रति अभिरुचि बढाउन तालिम आयोजना गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मीनबहादुर लामिछानेले बताए।

उनले भने, ‘तालिममा सामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाइँदैछ।’

योसंगै सामाजिक अपराध, साईबर अपराधका घटनाबारे समेत अनुशिक्षण गराइएको कार्यालय प्रमुख लामिछानेले बताए।

तालिममा सहभागी किशोरीहरुले आफूहरु अप्ठ्यारोमा परेका बेला आफ्नो सुरक्षा आफै कसरी गर्ने भनेर सिकेको बताए।

यहाँ सिकेपछि घर वरपरका साथीहरुलाई पनि सिकाउने सहभागीहरुकोे भनाइ छ। सामाजिक विकास कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.