एमाले परित्याग गरेका गोकर्ण भट्ट रास्वपामा प्रवेश गर्ने तयारीमा

dream cafe
learnar

डडेल्धुरा  : लामो समय कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका गोकर्ण भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन्।

करिब एक हप्ता काठमाडौं बसेर आज दिउँसो आफ्नाे कर्मथलो कैलाली फर्किन लागेका भट्टले २–४ दिनभित्र रास्वपामा प्रवेश गर्ने जानकारी दिएका हुन्।

Bohora madico

भट्टले गत कार्तिक १४ गते नेकपा एमाले परित्याग गरेका थिए। उनले त्यसबेला कुनै पनि राजनीतिक दलको सदस्यता नलिई स्वतन्त्र नागरिकका रूपमा समाज सेवा गर्ने मनसाय बनाएको बताए।

तर पार्टी छोडेपछि डेढ महिनाको अनुभवले दलको संगठित संरचना बिना आम नागरिकका दैनिक समस्या समाधान गर्न असम्भवजस्तै हुने अनुभूति गरेको उनले उल्लेख गरेका छन्।

HARDIK AGRo NEw

करिब ४६ वर्षसम्म कम्युनिस्ट पार्टीको सदस्यता लिएर सक्रिय राजनीतिमा रहेका भट्टले पछिल्लो समय नेपालका नामधारी कम्युनिस्टहरू ‘कम्युनिस्ट’ भन्दा ‘कमाउनिष्ट’ मा रूपान्तरण भएको टिप्पणी गरेका छन्।

कम्युनिस्टको साइनबोर्ड राखेर जनतालाई लुट्ने प्रवृत्ति देखेपछि आफूले एमाले परित्याग गरेको उनको भनाइ छ।

भट्टले जनताबीच तीव्र रूपमा लोकप्रिय हुँदै गएको पार्टीमा प्रवेश गरेर आफ्ना शुभचिन्तकलाई आशावादी बनाउने र आफूविरुद्ध सधैं चरित्रहत्या तथा व्यंग्य गर्नेहरूलाई राजनीतिक रूपमा जवाफ दिने निर्णय लिन लागेको बताएका छन्।

आफ्नो निर्णयले समर्थकमा नयाँ ऊर्जा थपिने भए पनि विरोधीबाट गालीको वर्षा हुने उनले स्वीकार गरेका छन्।

राजनीतिक यात्रा सहज नहुने र षड्यन्त्र तथा जालझेलको सामना गर्नुपर्ने विषय आफूलाई राम्रैसँग थाहा भएको बताउँदै भट्टले पछिल्लो समय रवि लामिछानेमाथि देखिएको घटनाक्रमलाई त्यसको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

यस्ता षड्यन्त्रको मूल्यांकन अन्ततः नेपाली जनताले नै गर्ने उनको भनाइ छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.