कैलाली जिल्लाको विघटित नेकपा एस नेकपामा नजाने !

dream cafe
learnar

डडेल्धुरा : विघटित नेकपा समाजवादी (एस) को कैलाली जिल्ला कमिटीले नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सामेल नहुने स्पष्ट निर्णय गरेको छ। जिल्ला कमिटीका अध्यक्ष, सचिव र उपसचिवले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू एकता प्रक्रियामा सहभागी नहुने जनाएका हुन्।

माओवादी केन्द्रसहित १२ घटक मिलेर बनेको नेकपाले भोलि धनगढीमा एकता सन्देश सभा आयोजना गर्दैछ। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायतका शीर्ष नेताहरू उपस्थित हुनेछन्।

Bohora madico
HARDIK AGRo NEw

सोही कार्यक्रमको पूर्वसन्ध्यामा पूर्व नेकपा एस कमिटीले अलग निर्णय सार्वजनिक गरेको हो।

१२१ सदस्यीय जिल्ला कमिटीमध्ये ९१ जना सहभागी बैठकले एकमतले एकतामा जान नसक्ने निष्कर्ष निकालेको अध्यक्ष विमलकुमार जोशीले बताए। उनका अनुसार प्रचण्ड र केपी ओली दुवैले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँदै आएको आरोप बैठकमा उठेको थियो।

विज्ञप्तिमा १३ दल सहभागी भएको भन्दै त्यसको कुनै राजनीतिक अर्थ नदेखिएको उल्लेख गरिएको छ। सहभागी दलहरूमा आधारभूत संगठन नभएका समूहदेखि शाहीकालका मन्त्री तथा जातीय–भेगीय मुद्दा उठाउनेहरू रहेको भन्दै यो ‘सिद्धान्तहीन एकता’ भएको टिप्पणी गरिएको छ।

बैठकले प्रचण्ड–माधव नेतृत्वमा अघि बढेको एकताको उद्देश्य नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्ने रहेको आरोप लगाएको छ। यस्तै, अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले पनि ‘विसर्जनतर्फ लम्किएको’ निष्कर्ष निकाल्दै कम्युनिस्ट आन्दोलन बचाउन पुनर्गठनको आह्वान गरेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.