
डडेल्धुरा : गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा विष्णुप्रसाद कोइरालालाई पठाएको छ।
गृहले आज गरेको निर्णय अनुसार कोइरालालाई डडेल्धुरा पठाउने निर्णय गरेको छ।

गुल्मीमा सीडीओ रहेका उनको केही दिनअघि मात्रै गृहले अछाम सरुवा गरेको थियो। तर, अछाममा हाजिर हुन नपाउँदै उनी डडेल्धुरा आउन लागेका हुन्।

अछाममा एलडीओ बसिसकेका कोइरालाले अछामभन्दा डडेल्धुरा रोजाइँमा पारेको बताइन्छ। उनी सहसचिव हुन्।
हाल डडेल्धुरामा उपसचिव सावित्रा पुन सीडीओको रुपमा कार्यरत रहेकी छिन्।
उनी उपसचिव हुन्। उनलाई गृहले कार्यवाहक सीडीओको रुपमा जिम्मेवारी दिएको थियो।
पुनले घरायसी समस्या देखाउँदै डडेल्धुरा छोड्न खोजेपछि उनलाई गृहजिल्ला दाङ पठाइएको गृह स्रोतको भनाइ छ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढालाई अछाम सरुवा गरिएको छ।



