सबैभन्दा बढी करतिर्ने सुदूर पहाडका पाँच करदाता सम्मानित

dream cafe
learnar

डडेल्धुरा : सबैभन्दा बढी करतिर्ने सुदूरपश्चिमका पाँच करदाता सम्मानित भएका छन्।

सोमबार राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालयले उनीहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो।

Amargadhi Education

आफ्नो सेवा क्षेत्रभित्र पर्ने सात पहाडी जिल्लाका करदातालाई कार्यालयले सम्मान गरेका हो।

अजयमेरु फाैजी केरा

गत आर्थिक २०८०/०८१ मा सबैभन्दा बढी कर तिरेर सम्मानित हुनेमा डडेल्धुराको जिवीएल हार्डवयर प्रालि, दार्चुलाको ठगुन्ना जनरल स्टोर, बैतडीको ग्वाल्लेक निर्माण सेवा प्रालि, डोटीको घटाल बाबा ट्रेडर्स, बझाङको न्यू मल्ल स्टोर रहेको आन्तरिक राजस्व कार्यालयका कार्यालय प्रमुख तथा कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिए।

उनका अनसार जिवीएलले १५ लाख ६१ हजार ९९५, ठगुन्ना जनरल स्टोरले ५० लाख ४७ लाख ३२८, ग्वाल्लेक निर्माणले ४७ लाख ८२ हजार ९५९, घटाल बाबा ट्रेडसले ८ लाख १९ हजार १३३, न्यू मल्ल स्टोरले ५ लाख ९७ हजार ४५४ रुपैयाँ कर तिरेका छन्।

यसैबीच गत आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा मूल्य अभिवृद्धि कर तिर्ने कल्पना मार्केटिङ पनि सम्मानित भएको छ। उसले ६ करोड १३ लाख ७३ हजार ९३२ रुपैयाँ कर तिरेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.