डीएफओको नियतमाथि शंका, वनमा कर्मचारी थन्क्याएर परशुरामधाम सव डिभिजनमा फोरेस्टर !

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुरामधाम सव डिभिजन वन कार्यालय जोगबुढा एक महिनादेखि प्रमुखविहीन छ।

परशुरामधाम एक महिनादेखि प्रमुख विहीन हुँदा कार्यालयको कामकाज ठप्प भएको हो।

Amargadhi Education

परशुरामधाममा यसअघि वन अधिकृत महेन्द्र धामी कार्यरत थिए।

तर, धामी सातौँ तहमा बढुवा भएपछि डिभिजन वन कार्यालय डडेल्धुरामा कार्यरत छन्।

वन कार्यालय स्रोतका अनुसार डिभिजनल अधिकृत भीमप्रसाद कँडेलले कर्मचारी कार्यालयमा थन्क्याएर फोरेस्टरलाई जिम्मेवारी दिइएको बताइन्छ।

अजयमेरु फाैजी केरा

विगतको तथ्यांक हेर्दा जोगबुढा काठ तस्करीको हव हो।

काठ तस्करी र चोरी सिकारीको आखडा रहेको भित्रीमधेश जोगबुडामा दरबन्दी अनुसारको कर्मचारी नपठाउनुले डिएफओ कडेलमाथी शंका गर्ने ठाउ देखिने स्थानीयको आरोप छ।

यस्तो संवेदनशील क्षेत्रमा प्रमुखविहीन अवस्था रहनु र कर्मचारी कार्यालयमा थन्क्याएर फोरेस्टरलाई जिम्मेवार दिनुले कँडेलको नियतमाथि प्रश्न उठेको हो।

उनी कर्मचारी सरुवाको माैका छोपेर आफू पायक कर्मचारी जोगबुढा पठाउन खोजिरहेको चर्चा बाहिरिएको छ।

डीएफओ कँडेलले भने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सुदूरपश्चिम प्रदेशबाट कर्मचारी खटनपटन भएपछि मात्रै नयाँ अधिकृत पठाइने बताए।

उनले हाल फोरेस्टर मार्फत काम भइरहेको र कार्यालयको नियमित कार्यमा कुनै अवरोध नआएको दाबी गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.