बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै, डडेल्धुरादेखि बाँकेसम्म पठाइने

dream cafe
learnar

बैतडी:  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

जीर्ण अवस्थामा रहेको बन्दीगृहलाई नयाँ निर्माण गर्नका लागि कैदीबन्दीलाई स्थानान्तरणको तयारी भएको कारागार कार्यालय प्रमुख धारा भण्डारीले बताए।

Amargadhi Education

पच्चीस जना क्षमता रहेको यहाँको कारागारमा हाल ५२ कैदी र आठ थुनुवा गरेर ६० कैदीबन्दी रहेका छन् ।

उनले भने, ‘जीर्ण अवस्थामा रहेको बन्दीगृहको नयाँ भवन निर्माण गरिने भएको छ, त्यसका लागि यहाँ रहेका ६० कैदीबन्दीलाई स्थानान्तरण गर्न लागेका हौँ, यही हप्ताभित्रै स्थानान्तरण गरिसक्ने योजना छ ।’

अजयमेरु फाैजी केरा

यहाँ रहेका कैदीबन्दीलाई दार्चुला, डडेल्धुरा, बझाङ, कञ्चनपुर र बाँके स्थानान्तरण गरिनेछ । नयाँ बन्दीगृह निर्माणका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख भण्डारीले बताए।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण कम्पनीसँग सम्झौता गरिसकेकाले कैदीबन्दी तथा थुनुवाहरूको स्थानान्तरणको तयारी भएको हो । स्थानान्तरणपश्चात् निर्माणको काम हुने जनाएको छ ।

नयाँ बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको र निर्माणका लागि केकेजे कालिका एसबी जेभी सुकेधारासँग सम्झौता भएर कार्यादेश आइसकेको प्रमुख भण्डारीले बताए। पचासी जना क्षमताको नयाँ बन्ने बन्दीगृह विसं २०८४ असार १५ सम्म निर्माणसम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।

विसं २०४० मा निर्माण भएको हालको बन्दीगृह जीर्ण अवस्थामा रहेको र त्यसमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुरक्षा चुनौती र व्यवस्थापनमा समस्या हुँदै आएको थियो ।

नयाँ बन्दीगृह बनेपछि व्यवस्थापनमा सहजता आउने प्रमुख भण्डारीको विश्वास रहेको छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.