डडेल्धुराबाट मुख्यमन्त्री शाहले भने सुदूरपश्चिम घर भएकै कारण एसएसपी अधिकारीलाई डीआईजी बढुवामा रोकियो

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमको भएकै कारण नेपाल प्रहरीका एसएसपी विश्व अधिकारीलाई बढुवामा रोकिएको दाबी गरेका छन्।

शुक्रबार डडेल्धुरा जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले पहिलो नम्बरका एसएसपी अधिकारीलाई डीआईजी बढुवामा रोकिएको बताएका हुन्।

Amargadhi Education

मुख्यमन्त्री शाहले भने, ‘उनी भर्ना हुँदा खेरी पहिलो नम्बरका हुन्।

अजयमेरु फाैजी केरा

उनी हरेक प्रमोशनमा पहिलो पहिलो नम्बरका व्यक्ति हुन्। आज सुदूरपश्चिमकै भएका कारणले पाँचजना डीआईजी हुँदा उनी वञ्चित हुनुपर्‍यो।’

त्यस्ता धेरै पिडाहरु सुदूरपश्चिमले भोगेको थियो। मुख्यमन्त्री शाहले सुदूरपश्चिमले सदैव राज्यको बेवास्ता भोग्दै आएको पीडा सुनाए।

सरकारले बढुवा गर्दा पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छुटाएर पाँच जना अन्य एसएसपीलाई डीआईजीमा बढुवा गरेको थियो।

जेनजी आन्दोलनमा बल प्रयोग गरेको भन्दै अधिकारीलाई जेनजी आन्दोलनकै बलमा बनेको सरकारले बढुवा रोकेको थियो।

त्यसपछि सुदूरपश्चिममा सरकारको आलोचना बढी भएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.